नेपाल प्रहरीको साइबर ब्युरोले सेयरको तालिम दिने, अनलाइन ऋण भुक्तानी गर्न सकिने भन्दै आउनले लिंक नखोल्न आग्रह गरेको छ।
यस्ता लिंक मार्फत् आवश्यक सफ्टवेयर (*.exe) फाइल इन्स्टल गर्नुपर्ने भन्दै फिसिङ लिंक पठाउने गरेको पाइएको ब्युरोले उल्लेख गरेको छ।
मोबाइल बैंकिङ प्रयोगकर्तालाई समेत खातामा समस्या देखिएकोले पठाइएको लिंकमा क्लिक गर्न भन्दै अनुरोध गरेर अनलाइन ठगी गर्ने बढेको भन्दै ब्युरोले त्यस्ता सन्देशको विश्वास नगर्न समेत उल्लेख गरेको छ।
