नेपाल राष्ट्र बैंकको तथ्यांकले साउनदेखि फागुनसम्मको औसत मूल्य वृद्धि ४.७२ प्रतिशत देखाएको छ।
गत आर्थिक वर्षको यो अवधिसम्मको औसत मूल्य वृद्धि ६.०८ प्रतिशत थियो।
मासिक आधारमा फागुनमा औसत मूल्य वृद्धि ३.७५ प्रतिशत छ। अघिल्लो महिना माघमा भने यस्तो मूल्य वृद्धि ४.१४ प्रतिशत थियो।
यस वर्ष साउनदेखि माघसम्ममा अघिल्लो वर्षको यही अवधिको तुलनामा घिउ तेलमा सबैभन्दा धेरै १३.७४ प्रतिशतले वृद्धि भएको छ।
दाल तथा गेडागुडीमा ७.८० प्रतिशत, फलफूलमा ६.६२ प्रतिशत, गैर मदिराजन्य पेय पदार्थमा ५.१५ प्रतिशतले वृद्धि भएको छ।
तर, मरमसला ५.१७ प्रतिशतले तरकारीमा १.२५ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थमा ०.७४ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलमा ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ६.०७ प्रतिशत, घरायसी सामान तथा फर्निसिङको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ।
ग्रामीण क्षेत्रमा मूल्य वृद्धिदर ४.१८ प्रतिशत र सहरी क्षेत्रमा ३.६० प्रतिशतले बढेको छ।
कोशी प्रदेशमा ५.६८ प्रतिशत, मधेश प्रदेशमा ३.५२ प्रतिशत, बागमती प्रदेश २.९८ प्रतिशत, गण्डकीमा २.७७ प्रतिशत, लुम्बिनी ३.७७ प्रतिशत, कर्णाली ३.८० र सुदूरपश्चिममा ४.४१ प्रतिशत महँगी बढेको छ।