चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन) सम्ममा १० खर्ब ५१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
गत आर्थिक वर्ष २०८०/८१ यही सात महिना (साउनदेखि फागुन)मा भने ९ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
फागुन एक महिनामा मात्रै भने एक खर्ब ५१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यसअघि मासिक रूपमा रेमिटेन्स भित्रिने दर घट्न थालेकोमा पुसबाट फेरि सुधार देखिन थालेको छ।
मंसिरमा एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएकोमा पुसमा एक खर्ब २२ अर्ब र माघमा एक खर्ब ३७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
पछिल्लो २५ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
यो सात महिना (साउनदेखि फागुन)मा ६ अर्ब ३५ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ। गत वर्षको पहिलो सात महिनामा चार अर्ब ८१ करोड रूपैयाँ बाहिरिएको थियो।
सात महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १४.१७ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको आठ महिनामा चार लाख ६८ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख ३४ हजारले यस्तो स्वीकृति लिएका छन्।