बुधबार नेप्से परिसूचक बढेको छ।
नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकममा भने गिरावट आएको छ।
मंगलबार पाँच अर्ब ३० करोडको सेयर कारोबार भएकोमा बुधबार चार अर्ब ४८ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा ८२ करोड रूपैयाँ कमी आएको हो।
आज ३१७ वटा धितोपत्रको एक करोड ७३ हजार ८२२ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३६५ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, विन नेपाल लघुवित्तको सेयर मूल्य ७.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार २३८ रूपैयाँ ५१ पैसा कायम भएको छ।
बुधबार सिन्धु विकास बैंकको मूल्य सर्वाधिक ७.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ११२ रूपैयाँ १० पैसामा झरेको छ।
यस्तै, गुराँस लघुवित्तको मूल्य २.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८४० रूपैयाँ ०७ पैसा कायम भएको छ।
बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार ७१७ रूपैयाँमा ४२ करोड ७५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ४४० रूपैयाँमा ३० करोड २२ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।