मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।
सोमबार पाँच अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३० करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा ३५ करोड रूपैयाँ कमी आएको हो।
आज ३२१ वटा धितोपत्रको एक करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ।
यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
बेटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतका दरले बढेको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत बढेको हो।
मंगलबार बाराही हाइड्रोपावर पावरको मूल्य सर्वाधिक ५.८५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४७ रूपैयाँ ६६ पैसामा झरेको छ।
यस्तै, सामुदायिक लघुवित्तको मूल्य ४.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ८४२ रूपैयाँ ४२ पैसा कायम भएको छ।
मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार ६७८ रूपैयाँमा ५९ करोड १४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८७ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमायलन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३८ रूपैयाँमा ४० करोड ६५ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ।