अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको २३ गतेबाट कार्यकाल सकिएको छ।
सरकारले नयाँ गभर्नर सिफारिस गर्नको लागि सिफारिस समिति बनाएको छ। सिफारिस समितिले दिएको नामको आधारमा आगामी गभर्नर छनोट गरिनेछ।