बुटवल पावर कम्पनीले यसअघि निकाल्ने भनेको थप निष्कासन (फर्दर पब्लिक अफरिङ एफपिओ) रद्द गरेर ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीको सञ्चालक समिति बैठकले विभिन्न आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
२०८० फागुनमै कम्पनीले प्रमियम सहित प्रतिकित्ता दुई सय ६ रूपैयाँ २९ पैसाको दरमा एफपिओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो।
दुई अर्ब ६ करोड रूपैयाँको एफपिओ निष्कासन रद्द गरी हकप्रद निष्कासन गर्ने निर्णय कम्पनीले गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख रूपैयाँ छ।
कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो।