साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि बढेको छ।
बुधबार पाँच अर्ब ४४ करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब २३ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२४ वटा धितोपत्रको एक करोड ५५ लाख दुई हजार ९९८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ वटाको घटेको छ।
यसदिन ग्रिन भेन्चर्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५०५ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ६.०९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९५५ रूपैयाँ ८० पैसा कायम भएको छ।
बिहीबार उपकार लघुवित्तको मूल्य सर्वाधिक ९.१० प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार २५६ रूपैयाँ १० पैसामा झरेको छ।
यस्तै, गार्डियन माइक्रो इन्स्योरेन्सको मूल्य ६.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ४०५ रूपैयाँ कायम भएको छ।
बिहीबार हिमायलन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार ५७ रूपैयाँमा ७२ करोड ३२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३४३ रूपैयाँ १० पैसामा ५५ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशतले घटेको छ।