मंगलबार नेप्से परिसूचक दोहारो अंकले घटेको छ।
नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।
आइतबार सात अर्ब ५६ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ७९ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७७ करोड रूपैयाँ कमी आएको हो।
आज ३२० वटा धितोपत्रको एक करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको छ।
यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ५७९ रूपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ४.५३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार ८४८ रूपैयाँ ९० पैसा कायम भएको छ।
मंगलबार गुराँस लघुवित्तको मूल्य सर्वाधिक ५.९६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ९४० रूपैयाँ ९० पैसामा झरेको छ।
यस्तै, उपकार लघुवित्तको मूल्य ४.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य तीन हजार हजार २५० रूपैयाँ कायम भएको छ।
मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार १७ रूपैयाँमा ६४ करोड २५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.२८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६१२ रूपैयाँमा ४५ करोड ६० लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ४.२९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले घटेको छ।