स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४६९औं सञ्चालक समितिको बैठकले भेनुगोपाल रंगनाथनलाई अध्यक्षमा नयुक्त गरेको छ।
चैत ८ गतेबाट लागु हुने गरेर उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।
सन् २००७ देखि रंगनाथन स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध छन्।
यसअघि भारतमा रहेर उनले भारत सहित बंगलादेश, श्रीलंका र नेपालको लागि चिफ रिस्क अफिसरको रूपमा काम गरिरहेका थिए।
बैंकिङ लगायत विभिन्न क्षेत्रको ३२ वर्षको अनुभव भएका रंगनाथन चार्टर्ड एकाउन्टेन्ट समेत हुन्।
उनले आइतबार राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुंगानबाट शपथ ग्रहण गरेका छन्।