नेपाल एसबिआई बैंक न्युरोड शाखाद्वारा विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार डिएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सिपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ।
उक्त कार्यक्रममा स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत ४५ भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल एसबीआई बैंक न्युरोड शाखाको शाखा प्रवन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौं संस्करण हो। सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ।
राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ।
यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाइएको छ।