राष्ट्र बैंकको एक तथ्यांकले बैंकमा सक्रिय बचत खाता हुने पुरूषको तुलनामा महिना संख्या धेरै रहेको देखाउँछ।
कुल जनसंख्या दुई करोड ९० लाखमध्ये पुरूषको नाममा खोलिएका एक करोड ४१ लाख बराबर बैंक खाता सक्रिय छन्।
यो कुल जनसंख्याको ४९ प्रतिशत बराबर हो। त्यस्तै, महिलाको नाममा रहेका एक करोड ५४ लाख बचत खाता सक्रिय छन्। यो भनेको कुल जनसंख्याको ५३ प्रतिशत हो।
महिलाहरूको नाममा सक्रिय बचत खाता धेरै देखिए पनि डिजिटल वित्तीय सेवा प्रयोगमा भने महिलाहरू पछाडि नै छन्।
'डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा पुरूषको तुलनामा महिला प्रयोगकर्ताको संख्यामा ठूलो खाँडल छ, एक तथ्यांकले एक तिहाइ महिलाहरूले मात्रै सक्रिय रूपमा डिजिटल भुक्तानी प्रयोग गरिरहेका छन्,' फोनपेकी मार्केटिङ प्रमुख, सलिना नकर्मीले भनिन्,'यो अन्तर घटाउन, हामीले 'सक्षम नारी' अभियानलाई पुनः सुरू गरेका छौं।'
फोनपेले गत वर्षबाट महिलाहरूलाई डिजिटल भुक्तानीका मध्यमको प्रयोगका लाभको बारेमा जानकारी दिने उद्देश्यले गत वर्षदेखि 'सक्षम नारी' अभियान अगाडि बढाएको छ।
यस वर्ष पनि फागुन १७ गते (मार्च १) बाट एक महिनाको लागि यो अभियान अगाडि बढाएको छ।
फोन पेले गरिरहेको यो अभियान राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चालित छ।
यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशीता र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो।
महिलाहरूको योगदान नेपालको आर्थिक वृद्धिमा अत्यन्त महत्वपूर्ण रहेको छ, र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवाहरूमार्फत महिलाहरूलाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ।
'सक्षम नारी' अभियानको मुख्य उद्देश्य महिलाहरूमा डिजिटल वित्तीय सेवाहरूको बारेमा जानकारी र सचेतना प्रदान गर्नु हो। यस अभियानले महिलाहरूलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्नेछ।
यो क्रममा फोनपेले मुलुकका विभिन्न स्थानमा महिलाहरू लक्षित अनलाइन र अफलाइन वर्कसप तथा सेमिनार आयोजना गरिरहेको छ।
यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताहरूले साझेदार बैंकहरूको मोबाइल बैंकिङ एप मार्फत् फोनेपेका कुनै पनि सेवाहरू न्यूनतम ३ पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ।
यी वर्कसप सेमिनारमा महिलाहरूले फोन पे एपका प्रडक्टहरू चलाउन, साइबर सुरक्षा बारे जानकारी लिन सकनेछन्।
यस अभियानका माध्यमबाट महिलाहरूलाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङ बारेमा प्रशिक्षण दिइनेछ।
सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउनका लागि, फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा समेत गरेका छन्।
प्रत्येक साझेदार बैंकबाट एक महिला भाग्यशाली विजेताले (कुल ६ भाग्यशाली विजेता) ले नटराज ज्वेलर्सबाट विशेष हीरा गहना प्राप्त गर्नेछन्।
साथै, प्रत्येक बैंकबाट ५० महिला विजेताहरूले (कुल ३०० महिला) एक हजार रूपैयाँको सपिङ भौचर प्राप्त गर्ने भएका छन्।
फोनपेको यो अभियानमा समाजमा रहेका विभिन्न १४ इन्फ्लुएनसरहरू पनि जोडिएका छन्।
नायिका प्रियंका कार्की, पूर्व मिस नेपाल माल्भिका सुब्बा, सिए अपुपमा सुब्बालगायतका इन्फ्लुएनसरहरूले महिलाहरूलाई डिजिटल भुक्तानी माध्यमबाट कसरी वित्तीय योजना बनाउन सकिन्छ, वित्तीय स्वतन्त्रता कसरी कायम राख्न सकिन्छ भन्ने जानकारी समेत गराउनेछन्।
नेपाल डिजिटल प्राथमिक भविष्यतर्फ अघि बढिरहेका बेला, 'सक्षम नारी' अभियानले महिलाहरूलाई डिजिटल कारोबारलाई आफ्नो दैनिकीमा सहज रूपमा अपनाउन आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्ने लक्ष्य राखेको छ।