सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद निष्कासन प्रक्रियालाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।
कम्पनीले एक बराबर २७ को अनुपात अर्थात् एक सय कित्ता सेयर हुनेले २७ कित्ताको लागि आवेदन दिन सक्ने गरेर सेयर जारी गर्ने भएको हो।
कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा सेयर जारी गरेर एक अर्ब ६ करोड पुँजी थप्न लागेको हो।
हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९६ करोड रूपैयाँ छ। हकप्रद जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ नाघ्नेछ। बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको लागि पाँच अर्ब चुक्ता पुँजी तोकेको छ।
कम्पनीसँग यसबाहेक पनि एक अर्ब २६ करोड रूपैयाँ बराबर प्रिमियम रकम छ।
कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड छ।