नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आइभिएफका विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूलाई प्याथोलोजी र औषधि सेवामा ५ देखि १५ प्रतिशतसम्म र आइभिएफ प्याकेजमा कर्मचारीहरूलाई १५ हजार रूपैयाँ र नेपाल बैंकका ग्राहकहरूलाई १० हजार छुट हुने भएको छ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आइभिएफको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरे।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आइभिएफका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन्।