सिटिजन्स बैंक इन्टरनेसनलले फोन पे र एफवान सफ्टसँगको सहकार्यमा 'टपअप र फोन पे डाइरेक्ट गरौँ' बम्पर उपहार जितौँ' भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ।
यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन्।
यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो।
बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० रूपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सयको फोन पे डाइरेक्ट कारोबार गर्नुपर्नेछ।
यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकको भनाइ छ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रूपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन्।
त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई आइफोन १६ प्रदान गरिनेछ। यो अभियान चैत १ गतेदेखि चैत ३१ गतेसम्म सञ्चालन हुनेछ।