अब पाँच करोड रूपैयाँ चुक्ता पुँजी भएको वा दश करोड रूपैयाँदेखि माथि रकमको कारोबार गर्ने लगानी कम्पनी (इन्भेष्टमेन्ट कम्पनी) नेपाल धितोपत्र बोर्डमा अनिवार्य दर्ता हुनुपर्ने भएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा हालै भएको संशोधन अनुसार धितोपत्र बोर्डले कम्पनीहरूलाई दर्ताको लागि आउन सार्वजनिक सूचना जारी गरेको छ।
कम्पनीको चुक्ता पुँजी, वार्षिक कारोबार खुल्ने कागजात लगायतका विवरण सहित बोर्डमा दर्ता हुन आउन कम्पनीहरूलाई भनिएको छ।