नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको गभर्नर समक्ष शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७औं बैठकबाट चयन भएका अध्यक्ष पृथ्वी बहादुर पाँडेले प्रचलित कानुन तथा नियमानुसार २०८१ फागुन २६ गते नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।