यसअघि मासिक रूपमा रेमिटेन्स भित्रिने दर घट्न थालेकोमा पुसबाट फेरि सुधार देखिन थालेको छ।
मंसिरमा एक खर्ब १८ अर्ब रेमिटेन्स भित्रिएकोमा पुसमा एक खर्ब २२ अर्ब र माघमा एक खर्ब ३७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
पछिल्लो २५ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्म (साउनदेखि माघ) मा भने ९ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
गत आर्थिक वर्ष २०८०/८१ यही सात महिना (साउनदेखि माघ)मा भने ८ खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
यो सात महिनामा पाँच अर्ब एक करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ। गत वर्षको पहिलो सात महिनामा चार अर्ब ४८ करोड रूपैयाँ बाहिरिएको थियो।
सात महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५.६६ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा भने चार लाख दुई हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यसवर्ष लिनेको संख्या चार लाख ६५ हजारले यस्तो स्वीकृति लिएका छन्।