चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउनदेखि माघ) सम्ममा सञ्चालनमा रहेका २० मध्ये १० वाणिज्य बैंकको सञ्चित आम्दानी ऋणात्मक देखिएको छ।
राष्ट्र बैंकले प्रकाशित गर्ने मासिक तथ्यांक अनुसार यस्तो देखिएको हो।
सञ्चित आम्दानीबाटै बैंक तथा वित्तीय संस्थाहरूले लाभांश बाड्छन्। लाभांश बढेपछि यस्तो रकम घट्छ भने बैंक नाफामा हुँदै जाँदा यस्तो रकम थप बढ्दै जान्छ।
सञ्चित आम्दानी जति धेरै भयो त्यो संस्थाको अवस्था राम्रो रहेको, संस्थाले थप लगानी गर्नसक्ने वा लाभांश दिनसक्ने अवस्था रहेको मानिन्छ।
हिमालयन बैंकको यस्तो आम्दानी सबैभन्दा धेरैले ऋणात्मक छ। यो अवधिसम्म एक अर्ब ४७ करोड नाफा कमाएको बैंकको सञ्चित आम्दानी भने सात अर्ब ४४ करोड रूपैयाँले ऋणात्मक छ।
यो अवधिमा कुमारी बैंकको नाफा ७३ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ६ अर्ब २९ करोड रूपैयाँले ऋणात्मक छ।
कुमारी बैंकको नाफा ७३ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ६ अर्ब २९ करोड रूपैयाँले ऋणात्मक छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा तीन अर्ब ४३ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ५ अर्ब ६९ करोड रूपैयाँले ऋणात्मक छ।
प्रभु बैंकको नाफा एक अर्ब ८३ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने तीन अर्ब दुई करोड रूपैयाँले ऋणात्मक छ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब २३ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने दुई अर्ब ६० करोड रूपैयाँले ऋणात्मक छ।
लक्ष्मी सनराइज बैंकको नाफा एक अर्ब ५८ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ७९ करोड रूपैयाँले ऋणात्मक छ।
माछापुच्छ्रे बैंकको नाफा ९६ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ३५ करोड रूपैयाँले ऋणात्मक छ।
एनआइसी एसिया बैंकको नाफा ४६ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ३२ करोड रूपैयाँले ऋणात्मक छ।
एनएमबी बैंकको नाफा दुई अर्ब ३४ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने नौ करोड ३८ लाख रूपैयाँले ऋणात्मक छ।
नेपाल बैंकको नाफा दुई अर्ब ४५ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ११ करोड ६० लाख रूपैयाँले ऋणात्मक छ।
१० बैंकको धनात्मक
एभरेष्ट बैंकको सञ्चित आम्दानी सबैभन्दा धेरै छ। दुई अर्ब ५७ करोड रूपैयाँ नाफा कमाएको बैंकको सञ्चित आम्दानी भने एक अर्ब ४७ करोड रूपैयाँ छ।
सानिमा बैंकको नाफा एक अर्ब ३७ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ७४ करोड रूपैयाँ छ।
नेपाल एसबिआई बैंकको नाफा एक अर्ब नौ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ३८ करोड रूपैयाँ छ।
नबिल बैंकको नाफा चार अर्ब एक करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने ३७ करोड रूपैयाँ छ।
कृषि विकास बैंकको नाफा ९५ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने २७ करोड रूपैयाँ छ।
स्टयाण्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब ८३ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने पाँच करोड ७० लाख रूपैयाँ छ।
प्राइम बैंकको नाफा दुई अर्ब १८ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने दुई करोड ५२ लाख रूपैयाँ छ।
ग्लोबल आइएमई बैंकको नाफा तीन अर्ब ८९ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने एक करोड ९६ लाख रूपैयाँ छ।
सिद्धार्थ बैंकको नाफा ८५ करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने एक करोड ६७ लाख रूपैयाँ छ।
सिटिजन्स बैंकको नाफा ९० करोड रूपैयाँ भएको छ। बैंकको सञ्चित आम्दानी भने एक करोड ५३ लाख रूपैयाँ छ।