लगातार छैटौँ दिन पनि नेप्सेमा गिरावट आएको छ।
गत सोमबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
सोमबार नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा झरेको हो।
सोमबार कारोबार रकममा पनि गिरावट आएको छ।
गत कारोबार दिन अर्थात् आइतबार १० अर्ब नौ करोडको सेयर कारोबार भएकोमा सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा एक करोड ७२ लाख रूपैयाँ कमी आएको हो।
आज ३११ वटा धितोपत्रको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नेष्डो समृद्ध लघुवित्तको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ४३६ रूपैयाँ कायम भएको छ।
यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ८.७३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार रूपैयाँ पुगेको छ।
सोमबार उपकार लघुवित्तको मूल्य सर्वाधिक ६.९८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार ८७६ रूपैयाँ पुगेको छ।
यस्तै, सिक्लेस हाइड्रोपावरको मूल्य ५.८६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २२० रूपैयाँमा झरेको छ।
सोमबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार तीन सय रूपैयाँमा ७३ करोड ५० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ०.३१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५८ रूपैयाँमा ७३ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको ०.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले घटेको छ।