नेपाल इन्स्योन्सले वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
गत वर्ष भने कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।