स्वरोजगार लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १३.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद गरी कुल १४.६२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पनि गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रूपैयाँ रहेको छ सोही पुँजीको आधारमा कम्पनीले उक्त बोनस दिन लागेको हो।
कम्पनीले गत वर्ष भने ७.३७ प्रतिशत लाभांश दिन लागेको हो।
यस्तै, कम्पनीले हालै मात्र बिक्री गरेको १ लाख ९५ हजार ७३३ कित्ता एफपिओ साधारण सभाको लागि हुने बुक क्लोज मितिभन्दा अगाडि सूचीकरण भएमा एफपिओ पाउने लगानीकर्ताले पनि उक्त बोनस सेयर पाउने कम्पनीले जानकारी गराएको छ।