विशाल बजार कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ।
सभा त्रिभुवन आर्मी अफिसर क्लब, सुन्धारामा बिहान ११ बजे सुरू हुनेछ।
सभामा आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछ।
यस्तै, सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने भएको छ। फागुन ८ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।