कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता सम्पन्न भएको छ।
बैंकका ग्राहकहरूलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई फ्रेम र सन ग्लासहरूमा १५ प्रतिशत, आँखा जाँचको ओपिडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि:शुल्क गरिने सम्बन्धमा सम्झौता भएको हो।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।