आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल भएको छ ।
कम्पनीले पाँचौं संस्करणको 'इमर्जिङ एसिया अवार्डमा' तीन विधामा अवार्ड जित्न सफल भएको छ।
कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्डमा जित्न सफल भएको हो।
यस कार्यक्रमले आइएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ।
नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आइएमइ लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएको कम्पनीले जनाएको छ।
साथै उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका छन्।
कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल (डी.जी.) आइसिसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्ल्युसिले विशेष सम्बोधन गरेका थिए ।