प्रथम राष्ट्रिय डेरी एक्सपो २०८१ मा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
कृषिमन्त्री रामनाथ अधिकारीले उक्त एक्सपोको उद्घाटन गरेका हुन्।
उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकको तर्फबाट सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे।
बैंकले नेपालभर ३११ शाखा कार्यालय, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।
प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ।