साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार आठ अर्ब ९५ करोडको कारोबार भएकोमा बिहीबार नौ अर्ब २४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २९ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१५ वटा धितोपत्रको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६३० रूपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य ६.५१ प्रतिशत बढेर प्रतिकित्ता मूल्य ६१२ रूपैयाँ कायम भएको छ।
बिहीबार उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य पाँच हजार ९४० रूपैयाँ र दुई हजार चार रूपैयाँ १० पैसामा झरेको छ।
बिहीबार साहस ऊर्जा कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ५०७ रूपैयाँ ९० पैसामा ३१ करोड ३५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९८९ रूपैयाँ ९० पैसामा २२ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।