नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन्।
निर्देशक रहेका सुवेदीले कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र तालिमलगायतको आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा धेरै अंक पाएपछि उनलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको हो।
उनले ७७.१९४ अंक प्राप्त गरेका थिए।
गत जेठदेखि प्राधिकरणमा कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो।
सुवेदी यसअघि २०७६ साल वैशाखमा निर्देशक पदमा बढुवा भएका थिए।