अन्य क्षेत्रबाट कर्जा माग घटेसँगै यसको लाभ सेयर बजारले पाइरहेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस)को अवधिमा बैंकहरूको कर्जा प्रडक्ट अनुसार जाने कर्जामा आयातमा आधारित कर्जा र सेयर धितोमा जाने कर्जामा उच्च दरमा वृद्धि देखिएको हो।
यो अवधिमा आयातमा आधारित कर्जा ५६.६ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ। यस्तो कर्जाको वृद्धिदर उच्च भए पनि ५४ खर्ब कुल कर्जा लगानी भएकोले यो रकम कम नै हो।
त्यस्तै, सेयर धितोमा जाने कर्जा पनि २६.३ प्रतिशतले बढेर एक खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ। राष्ट्र बैंकले सेयर धितोमा जाने कर्जालाई लगानी रकम अनुसार विभाजन गरेर हेर्ने गरेको छ।
यस्तो वर्गीकरण अनुसार सबै कर्जामा वृद्धि भएको छ। तर, एक करोड रूपैयाँभन्दा बढी रकमको कर्जामा उच्च वृद्धि छ।
एक करोडभन्दा बढी रकमको कर्जा ३४.९ प्रतिशतले बढेर ७५ अर्ब रूपैयाँ पुगेको हो।