आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक २७२७ विन्दुमा आइपुग्दा नौ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
उन्नति सहकार्य लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार ६९९ रूपैयाँ ५० पैसा, ग्लोबल आइएमई लघुवित्तको एक हजार ३१८ रूपैयाँ ९० पैसा अभियान लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार १८८ रूपैयाँ, विजय लघुवित्तको मूल्य ९२३ रूपैयाँ, भूगोल इनर्जीको मूल्य ८९३ रूपैयाँ २० पैसा, ग्रामीण विकास लघुवित्तको ८८७ रूपैयाँ ७० पैसा, एनएमबी माइक्रोफाइनान्सको प्रतिकित्ता मूल्य ७७१ रूपैयाँ १० पैसा कायम भएको छ।
समता घरेलु लघुवित्तको सेयर मूल्य ९७६ रूपैयाँ ६० पैसा र न्यादी हाइड्रोपावरको मूल्य ७७८ रूपैयाँ ५० पैसा पुगेको छ।