मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् सोमबार आठ अर्ब ९२ करोडको सेयर कारोबार भएकोमा मंगलबार नौ अर्ब ४० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४८ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२५ वटा धितोपत्रको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन ६ कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ।
उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशत र सामुदायिक लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
मंगलबार दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ८.४३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८३६ रूपैयाँमा झरेको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ४.६३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३९२ रूपैयाँ ४० पैसा कायम भएको छ।
मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३९२ रूपैयाँ ४० पैसामा ३८ करोड २१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९४६ रूपैयाँ ५० पैसामा २९ करोड तीन लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.०७ प्रतिशतले बढेको छ।
यस्तै, वित्त समूहको परिसूचक १.८८ प्रतिशतले बढेको छ।