साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार सात अर्ब ८५ करोडको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब १२ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब २७ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१८ वटा धितोपत्रको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमश: चार हजार ५४५ रूपैयाँ ३० पैसा र ८३९ रूपैयाँ ३० पैसा पुगेको छ।
आइतबार तीन कम्पनी र एक डिबेन्चरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
बोटलर्स नेपाल (बालाजु), ११% एनआइसी एसिया डिबेन्चर २०८२–८३, दोल्ती पावर र जानकी फाइनान्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतका दरले घटेको छ।
आइतबार सप्तकोशी डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५९५ रूपैयाँमा ३९ करोड ५३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.३३ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९३५ रूपैयाँ २० पैसामा ३८ करोड ४२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ।