गरिमा विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरू मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ३डी सेक्युअर इ–कमर्स सेवाको सुरुवात गरेको छ।
बैंकले डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ उक्त सेवाको सुरूवात गरेको बताएको छ।
उक्त सेवा सुरू गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरूले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा इ–कमर्स सुविधा सुरू गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिनेछ।
अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाइल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ।
हाल बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नवीनतम डिजिटल बैकिङ मार्फत सरल सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।