पोखरा फाइनान्सले मर्जर, प्राप्तिमा जाने उद्देश्यले समिति गठन गर्ने भएको छ।
वार्षिक साधारण सभामा पारित भएको एजेण्डा अनुसार कम्पनीको सञ्चालक समितिले बुधबार यस्तो निर्णय गरेको हो।
कम्पनीले नेपाल स्टक एक्सचेन्जमा पत्राचार गर्दै यस्तो समिति बनाउने निर्णय भएको जानकारी गराएको हो।
राष्ट्र बैंकले केही समय अघि कम्पनीलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो।
राष्ट्र बैंकको सञ्चालक समितिले यस्तो स्पष्टीकरण सोधेको भए पनि कम्पनीलाई मर्जारमा जान समय दिने तयारी भइरहेको स्रोतले बतायो।
यो पनि :
पोखरा फाइनान्सलाई राष्ट्र बैंकले सोध्यो 'समस्याग्रस्त घोषणा किन नगर्ने?'