लामो समय रोकिएको रिलायन्स स्पिनिङको आइपिओबारे निर्णय गर्न धितोपत्र बोर्डले समिति बनाएको छ।
उच्च अदालत पाटनबाट कम्पनीको आइपिओ निष्कासन विरुद्ध परेको रिट खारेज भएसँगै धितोपत्र बोर्डले समिति बनाएको हो।
उच्च अदालतले यो विषयमा धितोपत्र बोर्डलाई नै पुनरावलोकन गर्न भनेपछि यस्तो समिति बनाइएको हो।
'अदालतबाट आएको निर्णय अनुसार नै हामी अगाडी बढ्नेछौं,' धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए।
बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ जारी गर्न लागेको कम्पनीको वित्तीय विवरणलाई लिएर विवाद भएपछि यसको आइपिओ रोकिँदै आएको थियो।
यो पनि:
लेखा समितिको चासोपछि रोकियो रिलायन्स स्पिनिङ मिल्सको आइपिओ
रिलायन्स स्पिनिङ मिल्समा थप अनुसन्धान गर्नुपर्ने देखिएन: सिआइबी