बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ६ अर्ब १९ करोडको सेयर कारोबार भएकोमा बुधबार ९ अर्ब २० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब रूपैयाँ वृद्धि भएको हो।
आज ३२२ वटा धितोपत्रको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ७५७ रूपैयाँ ८० पैसा र ९२५ रूपैयाँ १० पैसा कायम भएको छ।
बुधबार बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४० रूपैयाँ कायम भएको छ।
यस्तै, बिओके डिबेन्चर २०८६ 'केए' को मूल्य ६.९४ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ११५ रूपैयाँ ३० पैसामा झरेको छ।
बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २०७ रूपैयाँ ८० पैसामा ६१ करोड ३६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०५ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेनस रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९२० रूपैयाँमा ४१ करोड २९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ३.८२ प्रतिशतले बढेको छ।