कुमारी बैंक र वात्सल्य नेचुरल आइभिएफबीच बैंकका ग्राहकहरूलाई वात्सलय नेचुरल आइभिएफको देशभरी रहेका शाखाहरूबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आइभिएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिनुका साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरू प्रदान गर्दै अएको छ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत सेवा दिँदै आइरहेको छ।