गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपओ आगामी आइतबार बाँडफाँट हुने भएको छ।
बिक्री प्रबन्धक कुमारी क्यापिटको कार्यालयमा बिहान ९ बजे आइपिओ बाँडफाँट हुने भएको हो।
कम्पनीको आइपिओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेकोले सो आइपिओ पाउन भाग्यको भर पनुपर्ने हुन्छ।
उक्त आइपिओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन्। १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको छ।
जस अन्तर्गत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर पाउनेछन् भने बाँकी १७ लाख २२ हजार ३४८ जनाको हात खाली हुनेछ।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म आइपिओ बिक्री गरेको थियो।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।