बुधबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएकोमा बुधबार छ अर्ब ४० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब दुई करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०५ वटा धितोपत्रको एक करोड ५५ लाख दुई हजार ७५१ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७०८ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, सिन्धु विकासको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४९ रूपैयाँ २० पैसा पुगेको छ।
बुधबार सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७० रूपैयाँ कायम भएको छ।
बाराही हाइड्रोपावरको मूल्य ९.६९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७७० रूपैयाँमा झरेको छ।
बुधबार न्यादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ६४१ रूपैयाँमा २२ करोड ५३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.३३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिन्धु विकास बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४९ रूपैयाँ २० पैसामा १९ करोड ७७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने ६ समूहको बढेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशतले बढेको छ। भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले घटेको छ।