साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर दिने भएको छ।
संस्थाको २३औं वार्षिक साधारण सभाले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो।
संस्थाको आर्थिक वर्ष २०८०–८१ मा १९.१८ प्रतिशतले बढेर नाफा ९२ करोड १९ लाख पुगेको छ। आर्थिक वर्ष २०७९–८० मा ७७ करोड ३५ लाख रूपैयाँ खुद मुनाफा गरेको थियो।
आर्थिक वर्ष २०८०–८१ मा कुल सञ्चालन आम्दानी ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ। वर्ष २०७९–८० मा यस्तो आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रूपैयाँ थियो।
संस्थाको देशका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहहरूमा एक हजार ६ सय ९२ आबद्ध साझेदार संस्था छन्।
१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल यस संस्थाबाट १२ प्रतिशत दलित, ३४ प्रतिशत जनजाति र ५४ प्रतिशत अन्य सदस्यले सेवा पाइरहेका छन्। महिला सहभागिता ८० प्रतिशत छ।