सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ।
पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम् त्यहाँका सम्पूर्ण कर्मचारीहरू र केही विभागीय प्रमुखहरू समेतको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो।
तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रस्तुत गरेका थिए।
उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के के हुन्? रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो।
उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए।
कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौ र अन्तिम स्थान हो।
यो भन्दा पहिले मंसिर २७ गते पूर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरूका लागि इटहरीमा, मंसिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागि कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मंसिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कात्तिक १० गते पोखरमा र असोज साथै मंसिर ६ गते दुई पटक काठमाडौंमा यस तालिम सम्पन्न गरिएको थियो।
बर्दिबासमा सम्पन्न अन्तिम तालिम पश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपाल भरी सम्पन्न गरेको छ।