कुमारी बैंकले 'कुमारी परिवार सुरक्षा बचत खाता' योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।
खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो।
कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।
यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रूपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ।
कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरूको सुविधाका लागि कुमारी परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।