बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ५.१० अंकले बढेर २५८१.६० विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार पाँच अर्ब ६७ करोडको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ५९ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब आठ करोड रूपैयाँ कमी आएको हो।
आज ३०५ वटा धितोपत्रको ९४ लाख ३४ हजार नौ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०८ रूपैयाँ ३० पैसा कायम भएको छ।
आत्मनिर्भर लघुवित्तको मूल्य ९.९३ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य छ हजार ९० रूपैयाँ पुगेको छ।
बुधबार सपोर्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ९०५ रूपैयाँ ९० पैसा कायम भएको छ।
यस्तै, नाडेप लघुवित्तको मूल्य ४.०६ प्रतिशतले घटेर ९४५ रूपैयाँमा झरेको छ।
बुधबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४८ रूपैयाँ ५० पैसामा २१ करोड ८२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७७९ रूपैयाँमा ९ करोड ६९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशतले बढेको छ।
दोस्रोमा विकास बैंक समूहको परिसूचक १.६८ प्रतिशतले बढेको छ।