मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
नेप्से ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ।
गत कारोबार दिन अर्थात् आइतबार ५ अर्ब ४७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०८ वटा धितोपत्रको एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नाडेप लघुवित्तको मूल्य सर्वाधिक ४.०१ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९८५ रूपैयाँ कायम भएको छ।
उपकार लघुवित्तको मूल्य ४ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य चार हजार १७४ रूपैयाँ पुगेको छ।
मंगलबार चार कम्पनीको मूल्य सर्किट लेभलमा घटेको छ।
सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतका दरले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले घटेको छ।
मंगलबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य २३८ रूपैयाँमा ३५ करोड ९४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९७४ रूपैयाँ ९० पैसामा १७ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.०६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।
दोस्रोमा व्यापार समूहको परिसूचक २.९७ प्रतिशतले घटेको छ।