साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ४ अर्ब ७६ करोडको सेयर कारोबार भएकोमा आइतबार ४ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ कमी आएको हो।
आज ३१९ वटा धितोपत्रको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ वटाको घटेको छ। यस्तै छ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
सपोर्ट माइक्रोफान्स, बलेफी हाइड्रोपावर, न्यादी हाइड्रोपावरको मूल्य१० प्रतिशतका दरले बढेको छ भने सुपर मादी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ६.४० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९ रूपैयाँमा झरेको छ।
दोस्रोमा माया खोला हाइड्रोपावरको मूल्य ६.१२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५०६ रूपैयाँ कायम भएको छ।
आइतबार रिभर फल्स पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९४० रूपैयाँमा २२ करोड तीन लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.४४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९१९ रूपैयाँमा १२ करोड ९९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशतले घटेको छ।
यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले बढेको छ।