लुम्बिनी विकास बैंक र गरिमा विकास बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेका छन्।
लुम्बिनी विकास बैंकको आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
गत वर्ष बैंकले ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो।
यस्तै, गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो।
यस बैंकले गत वर्ष ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिएको थियो।
दुवै बैंकको गत वर्षको तुलनामा लाभांश दर घटेको छ भने गरिमाले नगद लाभांशमा जोड दिएको छ।
प्रस्तावित दुवै बैंकको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।