बिहीबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
नेप्से ३१.४३ अंकले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २७ करोडको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ७६ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४९ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१० वटा धितोपत्रको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः तीन हजार ३२७ रूपैयाँ ५० पैसा कायम भएको छ।
सामुदायिक लघुवित्तको मूल्य ७.९६ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९१२ रूपैयाँ पुगेको छ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.२१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०१ रूपैयाँमा झरेको छ।
दोस्रोमा माया खोला हाइड्रोपावरको मूल्य ६.६३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५३९ रूपैयाँ कायम भएको छ।
बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९१४ रूपैयाँ ४० पैसामा १७ करोड ६० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८१ रूपैयाँमा ११ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २.७३ प्रतिशतले घटेको छ।