बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा बुधबार ४ अर्ब २७ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७ करोड रूपैयाँ कमी आएको हो।
आज ३१४ वटा धितोपत्रको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन उपकार लघुवित्त र सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः तीन हजार ४१८ रूपैयाँ ८० पैसा र तीन हजार २५ रूपैयाँ कायम भएको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरो मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ६७६ रूपैयाँमा झरेको छ।
दोस्रोमा दोल्ती पावरको मूल्य ५.३३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६९३ रूपैयाँ कायम भएको छ।
बुुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९१७ रूपैयाँ ९० पैसामा १५ करोड ५९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.३२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिभर फल्स पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९४६ रूपैयाँ २० पैसामा १२ करोड ६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने १० वटाको घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।