ग्रीन डभेलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेका छन्।
ग्रीन डभेलपमेन्ट बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद गरी कुल ६.०५२७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
गत वर्ष यो बैंकले ३.८० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको थियो।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१९ प्रतिशत नगद गरी कुल ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
गत वर्ष यस बैंकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि दुबै बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।