मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।
नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार पाँच अर्ब ९३ करोडको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ३४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५९ करोड रूपैयाँ कमी आएको हो।
आज ३१८ वटा धितोपत्रको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटाको घटेको छ। यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ७५० रूपैयाँ कायम भएको छ।
जानकी फाइनान्सको मूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ८७९ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ९७० रूपैयाँमा झरेको छ।
दोस्रोमा आरबिबी म्युचुअल फण्ड–२ को मूल्य ५.४८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३१ पैसा कायम भएको छ।
मंगलबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ८७९ रूपैयाँ ९० पैसामा २२ करोड २४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६७ रूपैयाँ ८० पैसामा १५ करोड ८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने पाँच वटाको घटेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ।